२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोहन वैधको पार्टीबाट धर्मेन्द्र बास्तोला निष्कासित

754
shares

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई निष्काशन गरेको छ ।

किरणले शनिबार एक विज्ञप्ति जारी गर्दै कञ्चन लगायतका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा साउन ९ र १० गते बसेको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरिएको जनाइएको छ ।

पार्टी एकताको महत्व तथा गरिमा माथि गम्भीर आघात पुर्याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचाराधारत्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अबलम्बन गरेकोले उनीहरुलाई महाधिवेशन आयोजक समिति अर्थात केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरुबाट निष्काशन गरिएको विज्ञिप्तमा जनाइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports