kumari
stcnepal

पेरिस ओलम्पिक : ५० देशले जिते पदक, चीन शिर्ष स्थानमा कायमै

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् ।

बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्ण सहित ६ रजत र ४ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी, जापान ८ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै, ग्रेट ब्रिटेनले ६ स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । इटालीले ५ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ३ स्वर्ण, २ रजत र ३ काश्य पदक जितेको छ । हङकङ, जर्मनी, नेदरल्याण्डस, न्यूजील्याण्ड, रोमानिया र अजरबैजानले २/२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, हंगेरी, जर्जिया, दक्षिण अफ्रिका, स्विडेन, बेल्जियम, आयरल्याण्ड, काजकिस्तान, क्रोसिया, ग्वाटेमाला, उज्बेकिस्तान, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया र सर्बियाले एकएक स्वर्ण पदक जितेका छन् । त्यसैगरी, अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, उत्तर कोरिया, स्पेन, पोल्याण्ड, स्वीजरल्याण्ड, ग्रीस, इजरायल, कोसोभो, मेक्सिको, टर्की, युक्रेन, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, पोर्चुगल, स्लोभाकिया र ताजकिस्तान रहेका छन् ।

footer