kumari
stcnepal

भारतलाई पराजित गर्दै ३२ बर्ष पछि पाकिस्तानको जित

पाकिस्तानले तीन दशकपछि ओलम्पिकमा पदक र चार दशकपछि स्वर्ण पदक जितेको छ । ३२ वर्षे अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमान सहित ज्याभलिन थ्रोमा स्वर्ण हात पारेका हुन् ।

पेरिसमा भइरहेको ३३ औं ओलम्पिकमा भारतका यसअघि स्वर्ण विजेता निरज चोपडालाई हराउँदै नदिमले आफ्नो मुलुकलाई तीन दशकपछि स्वर्ण पदक दिलाएका हुन् ।  नदीमले बेइजिङ ओलम्पिक २००८ मा नेदरल्यान्ड्सका एन्ड्रियास थोरकिल्डसेनले बनाएको ९० दशमलव ५७ मिटरको ओलम्पिक कीर्तिमान तोड्दै ९२ दशमलव ९७ मिटर थ्रो गरेका हुन् । भारतका निरज चोपडाले पहिलो प्रयासमा फाउल थ्रो गरेको बताइन्छ ।

पाकिस्तानले यसअघि तीन पटक हकीमा स्वर्ण पदक जितेको थियो । पछिल्लो पटक सन् १९८४ को लसएञ्जलस ओलम्पिकमा हकीमा स्वर्ण जितेको थियो । सन् १९५६ देखि हालसम्म पाकिस्तानले चार स्वर्ण, तीन रजत र तीन कास्य जितेको छ । तीमध्ये एउटा बक्सिग र अरु सबै हकीमा प्राप्त गरेको हो ।

footer