विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतलाई पराजित गर्दै ३२ बर्ष पछि पाकिस्तानको जित

650
shares

पाकिस्तानले तीन दशकपछि ओलम्पिकमा पदक र चार दशकपछि स्वर्ण पदक जितेको छ । ३२ वर्षे अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमान सहित ज्याभलिन थ्रोमा स्वर्ण हात पारेका हुन् ।

पेरिसमा भइरहेको ३३ औं ओलम्पिकमा भारतका यसअघि स्वर्ण विजेता निरज चोपडालाई हराउँदै नदिमले आफ्नो मुलुकलाई तीन दशकपछि स्वर्ण पदक दिलाएका हुन् ।  नदीमले बेइजिङ ओलम्पिक २००८ मा नेदरल्यान्ड्सका एन्ड्रियास थोरकिल्डसेनले बनाएको ९० दशमलव ५७ मिटरको ओलम्पिक कीर्तिमान तोड्दै ९२ दशमलव ९७ मिटर थ्रो गरेका हुन् । भारतका निरज चोपडाले पहिलो प्रयासमा फाउल थ्रो गरेको बताइन्छ ।

पाकिस्तानले यसअघि तीन पटक हकीमा स्वर्ण पदक जितेको थियो । पछिल्लो पटक सन् १९८४ को लसएञ्जलस ओलम्पिकमा हकीमा स्वर्ण जितेको थियो । सन् १९५६ देखि हालसम्म पाकिस्तानले चार स्वर्ण, तीन रजत र तीन कास्य जितेको छ । तीमध्ये एउटा बक्सिग र अरु सबै हकीमा प्राप्त गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports