kumari
stcnepal

साफ च्याम्पियनसिपका खेलाडीलाई सरकारले दियो नगद पुरस्कार

काठमाडौं । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ ।

आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली टोली र अफिसियललाई सम्मान गरेका हुन् । साफको इतिहासमा २८ वर्षपछि पहिलोपटक फाइनल पुगेसँगै नेपाल सरकारले खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरेको थियो ।

सरकारले पूर्व घोषणाअनुसार नै प्रधानमन्त्री कार्यलयमा खेलाडी, प्रशिक्षक र अफिसियललाई क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ दिएको हो । मादिल्भ्सको राजधानी मालेमा भएको फाइनल खेलमा नेपाल चिरपरिचित भारतसँग पराजित भएको थियो ।

 

footer