kumari
stcnepal

पाँचथरमा बिस्फोटक पदार्थ पड्किँदा घाईते भएका २ बालकको निधन

विराटनगर । पाँचथर फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई वालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् । दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाचथर प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीले बताए। हिजो डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो ।

घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।

footer