kumari
stcnepal

मुख्य सचिवमा अर्याल नियुक्त भएपछि अवकाशमा जानु भन्दा ८ दिन अघि नै दिए सचिव ज्ञवालीले राजीनामा

काठमाडौं । नयाँ मुख्यसचिव नियुक्त भएसँगै बरियताको पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएका छन् ।

सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् ।

ज्ञवालीको सचिवको ५ वर्षे कार्यकाल १० दिनपछि अर्थात भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए । आफु भन्दा चौथो नम्बर बरियतामा पछि रहेका सचिव मुख्यसचिव नियुक्त भएपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा पनि स्वीकृत गरिसकेको छ ।

footer