kumari
stcnepal

आज नवनिर्वाचित पदाधिकारी सहित कांग्रेसको पहिलो बैठक

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । बैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरू सहभागी छन् । गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीसहित १३५ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको थियो ।

शनिबार मात्र पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा सहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।

 

footer