kumari
stcnepal

जनमत पार्टीको बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन

काठमाडौं । जनमत पार्टीले बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । जनमत पार्टी पुस १३ गते किसानको मुद्दालाई लक्षित गरि उक्त समिति गठन गरेको हो । कमिटीको संयोजकमा जाबिर हल्वाइ तथा सह संयोजकमा राम निवास शाह, नीतू सिंह र अलताफ राई रहेका छन् ।

अन्दोलन समितिको प्रवक्ताको जिम्मेवारी प्रदिप गडाडियालाई दिइएको छ । केन्द्रीय सदस्य जोया शेष (नसिमुन), प्रमुख संरक्षक इरफान अहमद शेष, सचिवमा अब्दुल वाहिद शेष , जिल्ला सदस्य नौसाद अंसारी आइटी प्रमुख, मेराज अहमद दर्जि सहसचिव , विष्णु खटिक सहसचिव ,सहसचिव रियाज अंसारी, सदस्यद्वय नसिम सल्मानी, मोहम्मद फारूक हासमी, रामु गडाडिया, कलामुद्दीन शेष,दिपक पासी, शान्ति गोडिया, लगायत २१ जनाको समिति रहेको छ ।

आजको बैठकबाट भोलिदेखि चरणवद्द अन्दोलन गर्ने निर्णय गरेको छ, भोलीको आन्दोलन स्वरूप सम्पूर्ण स्थानीय निकायमा चेतावनी गर्ने निर्णय गरिएको छ ।

 

 

footer