kumari
stcnepal

माओवादीमा नेता अनुसारका पद

काठमाडौँ। माओवादी केन्द्रले पार्टीको आठौँ महाधिवेशनको पूर्वान्हमा १५ सदस्यीय पदाधिकारी रहने गरी विधान सशोधन गरेको छ । महाधिवेशनको उदघाटन कै दिन पुष ११ गते विहान सशोधन गरी पार्टीमा एक अध्यक्ष, एक वरीष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष एक महासचिव २ उपमहासचिव ३ सचिव र एक कोषध्यक्ष सहित २ सय ९९ सय केन्द्रीय समीति वनाउने भएको छ ।

 

माओवादी केन्द्रले पद अनुसार नेता छान्न होइन नेता अनुसारको पद दिन माओवादीले पदाधिकारीको सख्या बढाएको छ । विगत ३२ वर्ष देखी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष रहदै आएका हुनाले दाहालको अध्यक्ष पद भने पदेन जस्तै भएको छ । माओवादी केन्द्रका अन्य समिति पदका लागि आकाक्षीहरुको सख्या बढी भएकोले गर्दा उनीहरुको व्यवस्थापन गर्न पदाधिकारीहरुको सख्या बढाइएको छ । नेताहरुको आकाक्षालाई सम्वोधन गर्न माओवादीले नेकपा एमालेको जस्तै संरचना सिर्जना गरेको छ ।

नेकपा एमालेले एक अध्यक्ष एक वरीष्ठ उपाध्यक्ष सहित ६ उपाध्यक्ष एक महासचिव ३ उपमहासचिव र सात सचिवको व्यवस्था गरेको छ । माओवादी केन्द्रले अहिले स्थायी कमिटीमा रहेका सबैलाई कुनै न कुनै पददिने गरी विधान नै सशोधन गरेर पद दिने व्यवस्था गरेको छ । वरीष्ठ उपाध्यक्षमा नारायण काजी श्रेष्ठ निश्चित जस्तै भएको छ ।

अध्यक्ष दाहालले उपाध्यक्षमा कृष्णवहादुर महरा, वर्षमान पुन, मातृका यादव , देव गुरुङ् , लीलामणी पोखरेल र गिरीजामणी पोखरेललाई दिने सम्भावना रहेको छ । महासचिवमा जनार्दन शर्माले दावी गरेका भए पनि पम्फा भूसालको समेत दावी रहेको माओवादी सूत्रले वताएको छ । यदि शर्मा महासचिव भए भूसाललाई कोषाध्यक्ष बनाउने रणनितिमा अध्यक्ष दाहाल लागेका छन् । दाहालको चाहाना भूसाललाई महासचिव बनाउने भएपनि त्यस्मा अवरोध आएको खण्डमा भूसाल उपाध्यक्ष वा कोषाध्यक्ष हुने प्राय निश्चित जस्तै देखिएको छ ।

दुई उपमहासचिवमा हरिवल गजुरेल शक्ति बस्नेत चक्रमणी खनाल ,देवेन्द्र पौडेल गणेश साह लगायतवाटै छानिने भएका छन्, भने गजुरेलले महासचिव चाहेका हुनाले उनी उपाध्यक्षय बन्न सक्ने सम्भावना समेत रहेको छ ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । माओवादीले विशेष अधिकार प्रयोग गर्दै
पछाडी परेका समुदायलाई नेतृत्वमा ल्याउने प्रयास गरेको जस्तो देखिएको छ । २ सय ९९ सय केन्द्रीय समितिमा प्रस्तावित्त विधानमा महिला ३५, युवा २०, दलित १५ र मुस्लिमको प्रतिनिधित्व ५ प्रतिशत पु¥याउने उल्लेख गरेको छ । यसरी माओवादी बहुपदिय पद्धतीमा गएपनि अध्यक्ष कै हालामुली चल्ने र अरुले ताली पिट्ने कार्य वाहेक अन्य केही नहुने निश्चित रहेको छ ।

 

 

footer