सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादीमा नेता अनुसारका पद

832
shares

काठमाडौँ। माओवादी केन्द्रले पार्टीको आठौँ महाधिवेशनको पूर्वान्हमा १५ सदस्यीय पदाधिकारी रहने गरी विधान सशोधन गरेको छ । महाधिवेशनको उदघाटन कै दिन पुष ११ गते विहान सशोधन गरी पार्टीमा एक अध्यक्ष, एक वरीष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष एक महासचिव २ उपमहासचिव ३ सचिव र एक कोषध्यक्ष सहित २ सय ९९ सय केन्द्रीय समीति वनाउने भएको छ ।

 

माओवादी केन्द्रले पद अनुसार नेता छान्न होइन नेता अनुसारको पद दिन माओवादीले पदाधिकारीको सख्या बढाएको छ । विगत ३२ वर्ष देखी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष रहदै आएका हुनाले दाहालको अध्यक्ष पद भने पदेन जस्तै भएको छ । माओवादी केन्द्रका अन्य समिति पदका लागि आकाक्षीहरुको सख्या बढी भएकोले गर्दा उनीहरुको व्यवस्थापन गर्न पदाधिकारीहरुको सख्या बढाइएको छ । नेताहरुको आकाक्षालाई सम्वोधन गर्न माओवादीले नेकपा एमालेको जस्तै संरचना सिर्जना गरेको छ ।

नेकपा एमालेले एक अध्यक्ष एक वरीष्ठ उपाध्यक्ष सहित ६ उपाध्यक्ष एक महासचिव ३ उपमहासचिव र सात सचिवको व्यवस्था गरेको छ । माओवादी केन्द्रले अहिले स्थायी कमिटीमा रहेका सबैलाई कुनै न कुनै पददिने गरी विधान नै सशोधन गरेर पद दिने व्यवस्था गरेको छ । वरीष्ठ उपाध्यक्षमा नारायण काजी श्रेष्ठ निश्चित जस्तै भएको छ ।

अध्यक्ष दाहालले उपाध्यक्षमा कृष्णवहादुर महरा, वर्षमान पुन, मातृका यादव , देव गुरुङ् , लीलामणी पोखरेल र गिरीजामणी पोखरेललाई दिने सम्भावना रहेको छ । महासचिवमा जनार्दन शर्माले दावी गरेका भए पनि पम्फा भूसालको समेत दावी रहेको माओवादी सूत्रले वताएको छ । यदि शर्मा महासचिव भए भूसाललाई कोषाध्यक्ष बनाउने रणनितिमा अध्यक्ष दाहाल लागेका छन् । दाहालको चाहाना भूसाललाई महासचिव बनाउने भएपनि त्यस्मा अवरोध आएको खण्डमा भूसाल उपाध्यक्ष वा कोषाध्यक्ष हुने प्राय निश्चित जस्तै देखिएको छ ।

दुई उपमहासचिवमा हरिवल गजुरेल शक्ति बस्नेत चक्रमणी खनाल ,देवेन्द्र पौडेल गणेश साह लगायतवाटै छानिने भएका छन्, भने गजुरेलले महासचिव चाहेका हुनाले उनी उपाध्यक्षय बन्न सक्ने सम्भावना समेत रहेको छ ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । माओवादीले विशेष अधिकार प्रयोग गर्दै
पछाडी परेका समुदायलाई नेतृत्वमा ल्याउने प्रयास गरेको जस्तो देखिएको छ । २ सय ९९ सय केन्द्रीय समितिमा प्रस्तावित्त विधानमा महिला ३५, युवा २०, दलित १५ र मुस्लिमको प्रतिनिधित्व ५ प्रतिशत पु¥याउने उल्लेख गरेको छ । यसरी माओवादी बहुपदिय पद्धतीमा गएपनि अध्यक्ष कै हालामुली चल्ने र अरुले ताली पिट्ने कार्य वाहेक अन्य केही नहुने निश्चित रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports