kumari
stcnepal

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिए

काठमाडौं । आज ललितपुरको एक व्यांकेटमा भएको समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नामावली वाचन गरेर सुनाएका थिए । प्रचण्डले प्रस्ताव गरेका नामहरु नै हलबाट पारित भएको हो । सपथ लगतै केन्द्रीय समितिको बैठक बस्ने छ ।

footer