kumari
stcnepal

सभापति यादवलाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

पाण्डेलाई हिजो मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिएका छन् ।

यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक ९एसपी० अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।

स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए । तर सहयोग नगरेपछि आफूलाई एक वर्ष नपुग्दै सरुवा गरिएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् । पाण्डेमाथि हतियारसहित यादवको घरमा गएर धम्क्याएको आरोपसमेत लागेको छ । यस विषयमा २ नं। प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको छ ।

footer