सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति यादवलाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित

416
shares

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

पाण्डेलाई हिजो मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिएका छन् ।

यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक ९एसपी० अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।

स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए । तर सहयोग नगरेपछि आफूलाई एक वर्ष नपुग्दै सरुवा गरिएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् । पाण्डेमाथि हतियारसहित यादवको घरमा गएर धम्क्याएको आरोपसमेत लागेको छ । यस विषयमा २ नं। प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports