kumari
stcnepal

एक सचिवका लागि तिन सहसचिवको सिफारिस

 

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी)पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ ।लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले नेपाल सरकारका वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको छ ।

पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो । आज बस्ने मन्त्रिपरिषदको बैठकले तिन मध्ये एकलाई सचिव पदमा वढुवा गर्ने सम्भवावना रहेको छ । सिफारिसमा एक नम्वरमा परेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत रहेका राउत सचिव हुने प्रवल सम्भावना रहेको छ ।

footer