kumari
stcnepal

पाँच दलीय गठबन्धकोे निर्णय आफ्ना उम्मेदवार जिताउन पहल गर्ने

काठमाडौं । गठबन्धन सरकार सन्चालनमा सहयोग गर्न गठित पाँच दलीय गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।संयन्त्रका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलको अध्यक्षतामा आज विहान बालुवाटारमा बसेको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गर्दै मतदातालाई अपिलसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको बैठकपछि सरकारका प्रवक्ता एवं संयन्त्रमा कांग्रेसका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

footer