kumari
stcnepal

आन्दोलनरत इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज

काठमाडौं । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा उनीहरुले आपत्ति जनाएका छन । इन्जिनियर विद्या बरालले सरकारलाई दवाव दिन गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै निन्दा र भत्सर्ना गरिन् ।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौती गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक सातादेखि आन्दोलन गरेका छन् । उनीहरुले खाईपाइ आएको सुविधा वापतको रकम कटौती नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

इन्जिनियर बरालले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको स्वास्थ्य विमा र दुर्घटना विमाको पनि व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

footer