भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्दोलनरत इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज

1.27K
shares

काठमाडौं । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा उनीहरुले आपत्ति जनाएका छन । इन्जिनियर विद्या बरालले सरकारलाई दवाव दिन गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै निन्दा र भत्सर्ना गरिन् ।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौती गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक सातादेखि आन्दोलन गरेका छन् । उनीहरुले खाईपाइ आएको सुविधा वापतको रकम कटौती नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

इन्जिनियर बरालले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको स्वास्थ्य विमा र दुर्घटना विमाको पनि व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports