kumari
stcnepal

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन कोरोनाको बहानामा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् ।

आज जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

footer