kumari
stcnepal

वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब

काठमाडौँ । वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।

सरकारले स्थानीय निकायको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकमा परिचालन गर्ने निर्णयसँगै तरलता सहज भएको पनि देखिएको छ । तथ्यांकअनुसार वाणिज्य बैंकहरूले ९ अर्ब मात्रै कर्जा बढाउँदा निक्षेप भने ५८ अर्ब रूपैयाँले बढेको पनि तथ्यांकमा देखिएको छ ।वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्षको साउन लागेदेखि नै तरलता अभाव बढेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिले दिएको उपकरण प्रयोग गरेर बैंकहरूलाई आवश्यक रकम भने उपलब्ध गराएको र पछिल्लो समय बैंकहरूमा निक्षेप आउन थालेसँगै तरलता सहज हुँदै जाने पनि बैंकर्स संघको भनाइ छ ।

 

footer