विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब

650
shares

काठमाडौँ । वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।

सरकारले स्थानीय निकायको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकमा परिचालन गर्ने निर्णयसँगै तरलता सहज भएको पनि देखिएको छ । तथ्यांकअनुसार वाणिज्य बैंकहरूले ९ अर्ब मात्रै कर्जा बढाउँदा निक्षेप भने ५८ अर्ब रूपैयाँले बढेको पनि तथ्यांकमा देखिएको छ ।वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्षको साउन लागेदेखि नै तरलता अभाव बढेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिले दिएको उपकरण प्रयोग गरेर बैंकहरूलाई आवश्यक रकम भने उपलब्ध गराएको र पछिल्लो समय बैंकहरूमा निक्षेप आउन थालेसँगै तरलता सहज हुँदै जाने पनि बैंकर्स संघको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports