kumari
stcnepal

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् राष्ट्रपति भण्डारीले

काठमाडौँ । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपतिदेखि पूर्वराजासम्म भद्रकाली अगाडि सिंहदरबारको गेटमा पुगेका छन् । ३०० औं पृथ्वी जयन्तीको अवसरमा आयोजित समारोहमा माल्यार्पण गर्न राष्ट्रपति विद्या भण्डारी आज बिहान सिंहदरबार गेटमा पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । पृथ्वी जयन्ती मूल आयोजक समितिले पृथ्वीनारायण शाहको तस्वीरलाई रथमा राखेर रथारोहण गरेको छ ।पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दैछन् । राष्ट्रपति फर्किएको केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार गेटमा आउने कार्यक्रम छ ।

विभिन्न राजनीतिक दलका नेताहरूले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन माग गरे पनि सरकारले बिदा भने दिएको छैन ।

footer