सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् राष्ट्रपति भण्डारीले

390
shares

काठमाडौँ । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपतिदेखि पूर्वराजासम्म भद्रकाली अगाडि सिंहदरबारको गेटमा पुगेका छन् । ३०० औं पृथ्वी जयन्तीको अवसरमा आयोजित समारोहमा माल्यार्पण गर्न राष्ट्रपति विद्या भण्डारी आज बिहान सिंहदरबार गेटमा पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । पृथ्वी जयन्ती मूल आयोजक समितिले पृथ्वीनारायण शाहको तस्वीरलाई रथमा राखेर रथारोहण गरेको छ ।पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दैछन् । राष्ट्रपति फर्किएको केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार गेटमा आउने कार्यक्रम छ ।

विभिन्न राजनीतिक दलका नेताहरूले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन माग गरे पनि सरकारले बिदा भने दिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports