kumari
stcnepal

थारु समुदायद्धारा  माघी पर्वमा तीन दिन सार्वजनिक बिदाको माग

कञ्चनपुर  ।   माघी पर्वको अवसरमा शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले तीन दिन सार्वजनिक बिदाको माग गरेका छन् । आज  उनीहरुले पर्वको अवसर सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालयका प्रमुख लगायतको ध्यानाकर्षण समेत गराएका छन् । आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।

बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखित रुपमै माग गरेका छन् । नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो ।

नगरपालिकामा बहुसंख्यक थारु जनजातिको बसोबास रहेको छ । थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।

footer