विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थारु समुदायद्धारा  माघी पर्वमा तीन दिन सार्वजनिक बिदाको माग

689
shares

कञ्चनपुर  ।   माघी पर्वको अवसरमा शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले तीन दिन सार्वजनिक बिदाको माग गरेका छन् । आज  उनीहरुले पर्वको अवसर सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालयका प्रमुख लगायतको ध्यानाकर्षण समेत गराएका छन् । आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।

बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखित रुपमै माग गरेका छन् । नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो ।

नगरपालिकामा बहुसंख्यक थारु जनजातिको बसोबास रहेको छ । थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports