kumari
stcnepal

भिजिट भिषामा खाडी राष्ट्रहरु र मलेसियामा जान रोक

काठमाडौं । सरकारले खाडी राष्ट्रहरु र मलेसियामा भिजिट भिषामा जान रोक लगाएको छ ।माघ १० गतेबाट लागू हुने गरि पर्यटक भिषामा जान रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयल‍े हिजो ९शुक्रबार० एक विज्ञप्ती जारी गर्दै अर्को आदेश जारी नभएसम्मका लागि उक्त निर्णय कायम रहने जनाएको छ ।

कोरोना महामारीबीच भिजिट भिषामा गएकाहरु खाडीमा अलपत्र भइरहेको भन्दै त्यस्तो निर्णय गर्नुपरेको गृहले जनाएको छ ।वैदेशिक रोजगारीका लागि पछिल्लो समय भिजिट भिषाबाट खाडी छिर्ने क्रम बढिरहेको छ ।

 

footer