kumari
stcnepal

विश्व बैंकको सहयोगमा मोर्डनाको १६ लाख खोप भित्रियो

विश्व बैंकको सहयोगमा नेपालमा मोर्डना कम्पनीको १६ लाख खोप भित्रिएको छ । विश्व बैंकले उक्त खोप कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको हो । उक्त खोप १२ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई लगाइने छ ।

नेपाल र विश्व बैंकको सम्झौता अनुसार कुल चार लाख खोप उपलब्ध गराउने भनिएको थियो। बाँकी डोजहरु यथाशीघ्र नेपाल ल्याइने जानकारी विश्व बैंकबाट प्राप्त भएको छ । कोभिड निमूलिकरण योजनामा पहिलो र दोस्रो चरण गरी विश्व बैंकले हालसम्म एक सय बाइस मिलियन अमेरिकी डलर अर्थात चौध अर्ब बढी नेपाली रुपैयाँ सहयोग गरेको छ ।

“विश्व बैंकले नेपालका बालबालिका तथा युवा जनसङख्याका लागि सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन मद्दत गर्न पाएकोमा धेरै खुसी छौं । नेपालका बालबालिकाले महामारीका कारण करिब दुई वर्षसम्म विद्यालयशिक्षा गुमाउन पुगेका छन् । यी खोपहरुले कक्षाकोठामा बालबालिकाको स्वास्थ्य र सुरक्षा बढाउन मद्दत गर्नेछ।” मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले भने।

नेपाल भित्रिएको खोप स्वास्थ तथा जनसङ्ख्या मन्त्री बिरोध खतिडालाई सुम्पिएको छ।

footer