kumari
stcnepal

सातामै १७ अर्ब निक्षेप झिकियो, वित्तीय क्षेत्रको समस्या तत्काल समाधान नहुने संकेत

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएसंगै बैंकिङ क्षेत्रको जटिलता झनै बढ्ने संकेत देखिएको छ । चालु आवको माघ महिनाको सुरुबातीमै बैंकहरुबाट बाहिरिएको निक्षेप तथा कर्जा प्रबाहको आकारले वित्तीय क्षेत्रको समस्या तत्काल समाधान नहुने संकेत गरेको हो ।

चालु आर्थिक वर्षको सुरुवात देखि कर्जा लगानीमा आक्रामक भएका बैंकहरुमा तरलता अभावको समस्या देखिएको थियो । बैंकहरुले कर्जा लगानीको अनुपातमा स्रोत तर्फ ध्यान नदिँदा तरलता समस्या मात्र नभई कर्जा लगानी योग्य रकमको पनि अभाव बढ्न थाल्यो । कर्जा लगानी गर्न बन्द गर्नुका साथै बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसंग स्थायी तरलता सुविधा सापट लिन थाले । यो अवधिमा बैंकहरुले दैनिक ५७ अर्ब २८ करोडसम्मको प्रयोग गरेका छन् ।

बैंकिङ क्षेत्रमा देखिएको समस्यामा पुस महिनामा केही सुधार देखिएको थियो । पुस महिनाको अवधिमा बैंकहरुमा करिब ९९ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप थपिएको थियो । यो अवधिमा विदेशी मुद्राको निक्षेप भने करिब १२ अर्ब रुपैयाँले घटेको थियो ।माघ महिना लागेपछि तुलनात्मक रुपमा धेरै निक्षेप झिकिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याले बताए । उनका अनुसार बैंकिङ प्रणालीको अवस्था तत्काल सहज हुने सम्भावना छैन । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब डेढ खर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । त्यसैगरी आयल निगमले भारतीय आयल कर्पोरेसनलाई १३ अर्ब रुपैयाँ भन्दा धेरै भुक्तानी दिएको छ । यसले पनि बैंकिङ प्रणालीको तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या सहज हुने अवस्था नरहेको उपाध्यायको भनाई छ ।

तर, माघ महिना सुरु भएसंगै बैकहरुबाट १७ अर्ब स्वदेशी मुद्रा निक्षेप बाहिरिएको छ । एक साताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप बैंकहरुबाट झिकिनु समान्य नभएको बैकरहरु बताउँछन् । यो अवधिमा बैंकहरुले कर्जा लगानी भने एक अर्बमा मात्र सिमित राखेका छन् । तर, यो अवधिमा स्वेदशी मुद्राको मात्र कर्जा हेर्दाभन्दा भने निरास हुनुपर्ने अवस्था छैन । माघको पहिलो सातामा बैंकहरुले स्वदेशी मुद्रामा करिब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको नेपाल बैंकर्सं संघले जनाएको छ ।

माघ महिनाको पहिलो साता अर्थात पुसको ३० गते देखि माघको ७ गतेसम्ममा ४ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप थपिदाँ ७ अर्ब रुपैयाँ बरावरको कर्जा घटेको छ । माघ ७ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४३ अर्ब ११ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी हालसम्म बैंकहरुले कुल ४१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

footer