सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सातामै १७ अर्ब निक्षेप झिकियो, वित्तीय क्षेत्रको समस्या तत्काल समाधान नहुने संकेत

585
shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएसंगै बैंकिङ क्षेत्रको जटिलता झनै बढ्ने संकेत देखिएको छ । चालु आवको माघ महिनाको सुरुबातीमै बैंकहरुबाट बाहिरिएको निक्षेप तथा कर्जा प्रबाहको आकारले वित्तीय क्षेत्रको समस्या तत्काल समाधान नहुने संकेत गरेको हो ।

चालु आर्थिक वर्षको सुरुवात देखि कर्जा लगानीमा आक्रामक भएका बैंकहरुमा तरलता अभावको समस्या देखिएको थियो । बैंकहरुले कर्जा लगानीको अनुपातमा स्रोत तर्फ ध्यान नदिँदा तरलता समस्या मात्र नभई कर्जा लगानी योग्य रकमको पनि अभाव बढ्न थाल्यो । कर्जा लगानी गर्न बन्द गर्नुका साथै बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसंग स्थायी तरलता सुविधा सापट लिन थाले । यो अवधिमा बैंकहरुले दैनिक ५७ अर्ब २८ करोडसम्मको प्रयोग गरेका छन् ।

बैंकिङ क्षेत्रमा देखिएको समस्यामा पुस महिनामा केही सुधार देखिएको थियो । पुस महिनाको अवधिमा बैंकहरुमा करिब ९९ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप थपिएको थियो । यो अवधिमा विदेशी मुद्राको निक्षेप भने करिब १२ अर्ब रुपैयाँले घटेको थियो ।माघ महिना लागेपछि तुलनात्मक रुपमा धेरै निक्षेप झिकिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याले बताए । उनका अनुसार बैंकिङ प्रणालीको अवस्था तत्काल सहज हुने सम्भावना छैन । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब डेढ खर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । त्यसैगरी आयल निगमले भारतीय आयल कर्पोरेसनलाई १३ अर्ब रुपैयाँ भन्दा धेरै भुक्तानी दिएको छ । यसले पनि बैंकिङ प्रणालीको तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या सहज हुने अवस्था नरहेको उपाध्यायको भनाई छ ।

तर, माघ महिना सुरु भएसंगै बैकहरुबाट १७ अर्ब स्वदेशी मुद्रा निक्षेप बाहिरिएको छ । एक साताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप बैंकहरुबाट झिकिनु समान्य नभएको बैकरहरु बताउँछन् । यो अवधिमा बैंकहरुले कर्जा लगानी भने एक अर्बमा मात्र सिमित राखेका छन् । तर, यो अवधिमा स्वेदशी मुद्राको मात्र कर्जा हेर्दाभन्दा भने निरास हुनुपर्ने अवस्था छैन । माघको पहिलो सातामा बैंकहरुले स्वदेशी मुद्रामा करिब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको नेपाल बैंकर्सं संघले जनाएको छ ।

माघ महिनाको पहिलो साता अर्थात पुसको ३० गते देखि माघको ७ गतेसम्ममा ४ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप थपिदाँ ७ अर्ब रुपैयाँ बरावरको कर्जा घटेको छ । माघ ७ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४३ अर्ब ११ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी हालसम्म बैंकहरुले कुल ४१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports