kumari
stcnepal

लोकसेवा आयोगलाई रोकिएका नतिजा तत्काल प्रकाशन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अधिकृत तहको परिक्षाको नतिजा यथाशिघ्र प्रकाशन गर्न लोक सेवा आयोगको नाममा परमादेश जारी गरेको छ । न्यायधिशहरु आनन्द मोहन भट्टाराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलाशले नतिजा प्रकाशन गर्न आदेश दिएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३ गते उक्त परिक्षाको नतिजा प्रकाशन रोक्न लोक सेवा आयोगलाई अनुरोध गरेको थियो । सो विरुद्द  शिवहरी दाहाल समेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अदालतले ति सबै काम कारवाही बदर गर्दै स्थगित गरिएका विज्ञापनहरुको प्ररिक्षा यथाशिघ्र प्रकाशन गर्न आदेश दिएको हो ।

त्यस्तै सोहि इजलाशले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।  गलत रुपमा समायोजन गरिएको दावी गर्दै शाखा अधिकृतहरुले दायर गरेको रिट अदालतले खारेज गर्दै समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।

footer