सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकसेवा आयोगलाई रोकिएका नतिजा तत्काल प्रकाशन गर्न सर्वोच्चको आदेश

585
shares

सर्वोच्च अदालतले अधिकृत तहको परिक्षाको नतिजा यथाशिघ्र प्रकाशन गर्न लोक सेवा आयोगको नाममा परमादेश जारी गरेको छ । न्यायधिशहरु आनन्द मोहन भट्टाराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलाशले नतिजा प्रकाशन गर्न आदेश दिएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३ गते उक्त परिक्षाको नतिजा प्रकाशन रोक्न लोक सेवा आयोगलाई अनुरोध गरेको थियो । सो विरुद्द  शिवहरी दाहाल समेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अदालतले ति सबै काम कारवाही बदर गर्दै स्थगित गरिएका विज्ञापनहरुको प्ररिक्षा यथाशिघ्र प्रकाशन गर्न आदेश दिएको हो ।

त्यस्तै सोहि इजलाशले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।  गलत रुपमा समायोजन गरिएको दावी गर्दै शाखा अधिकृतहरुले दायर गरेको रिट अदालतले खारेज गर्दै समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports