kumari
stcnepal

भारतीय प्रशिक्षक श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त

मेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए।

श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘प्रशिक्षक रघुले म अमेरिकामा हुँदा सँगै काम गरेका थिए। उनी निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । जसले नेपालको केही कमजोर पक्षमा काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु ।’

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी-२० सिरिज खेल्दैछ ।

footer