kumari
stcnepal

प्रेस काउन्सिल आक्रामक बन्दै, हुबहु गर्ने पत्रपत्रिका बर्गीकरण बाट हटाइयो

विगत ३ वर्षदेखि अड्किएको पत्रपत्रिका वर्गीकरणलाई प्रेस काउन्सिल नेपालले खुलाएको छ। देश भरका ८० वटा पत्रपत्रिकाले आचारसंहिताको गम्भीर उल्लंघन गरेकाले कारवाही गर्दै वर्गीकरणको नतिजा निकालेको हो ।

काउन्सिलले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालका व्यवस्थापनका लागि र ती माध्यमबाट व्यक्तिको चरित्रहत्या गर्नेविरुद्ध समेत आक्रामक हुने नीति लिएको छ ।जथाभावी सामाम्री प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई दबाब दिने देखि सम्बन्धित सञ्जाललाई बन्द गराउन मुख्य कार्यालयमा रिपोर्ट गर्नेसम्मको तयारी रहेको काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

No. 1 Campaign 1

‘सामाजिक सञ्जाल रचनात्मक कम, छाडा बढी भएको देखियो । काउन्सिलमा दिनहुँ गुनासा बढ्दो छ’, अध्यक्ष बस्नेतले भने, ‘सञ्चारमाध्यमको दुरुपयोग रोक्न कडा निगरानी र कारवाहीको तयारी भइरहेको छ ।’काउन्सिलको शुक्रबारदेखि सोमबारसम्म बसेको बोर्ड बैठकले नतिजा प्रकाशनदेखि सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि कारबाहीसम्म विभिन्न रणनीति अपनाउने निर्णय गरेको हो ।

बस्नेतको नेतृत्वमा पछिल्लो ६ महिनायता रोकिएका मिडियाका काम फटाफट अघि बढेका छन् । काउन्सिलको टिमले आचारसंहिताबारे सबै प्रदेशमा सन्देशमूलक कार्यक्रम हालै सकेको थियो ।पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ ।

काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनलाई अन्तिम रूप दिइ वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो ।नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् ।

पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३६ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।त्यस्तै आ.व. २०७/०७७ को वर्गीकरणको लागि आवेदन दिने ७ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, आ.व. २०७६÷०७७ मा घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् ।पत्रकार आचारसंहिता पालना नगर्ने ४५ पत्रपत्रिका हुबहुमा परेका छन् ।नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय भएको छ ।

पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लंघनका घट्नाहरु बढिरहेको पाइएको छ ।सञ्चारमाध्यमहरुले गैरजिम्मेवार भई विभिन्न समाचार सम्प्रेषण गर्ने, हुबहु कपी गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोसम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।

यसतर्फ गम्भीर भई स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नारा स्मरण गर्दै आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह समेत गरिएको छ ।

footer