सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस काउन्सिल आक्रामक बन्दै, हुबहु गर्ने पत्रपत्रिका बर्गीकरण बाट हटाइयो

481
shares

विगत ३ वर्षदेखि अड्किएको पत्रपत्रिका वर्गीकरणलाई प्रेस काउन्सिल नेपालले खुलाएको छ। देश भरका ८० वटा पत्रपत्रिकाले आचारसंहिताको गम्भीर उल्लंघन गरेकाले कारवाही गर्दै वर्गीकरणको नतिजा निकालेको हो ।

काउन्सिलले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालका व्यवस्थापनका लागि र ती माध्यमबाट व्यक्तिको चरित्रहत्या गर्नेविरुद्ध समेत आक्रामक हुने नीति लिएको छ ।जथाभावी सामाम्री प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई दबाब दिने देखि सम्बन्धित सञ्जाललाई बन्द गराउन मुख्य कार्यालयमा रिपोर्ट गर्नेसम्मको तयारी रहेको काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

No. 1 Campaign 1

‘सामाजिक सञ्जाल रचनात्मक कम, छाडा बढी भएको देखियो । काउन्सिलमा दिनहुँ गुनासा बढ्दो छ’, अध्यक्ष बस्नेतले भने, ‘सञ्चारमाध्यमको दुरुपयोग रोक्न कडा निगरानी र कारवाहीको तयारी भइरहेको छ ।’काउन्सिलको शुक्रबारदेखि सोमबारसम्म बसेको बोर्ड बैठकले नतिजा प्रकाशनदेखि सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि कारबाहीसम्म विभिन्न रणनीति अपनाउने निर्णय गरेको हो ।

बस्नेतको नेतृत्वमा पछिल्लो ६ महिनायता रोकिएका मिडियाका काम फटाफट अघि बढेका छन् । काउन्सिलको टिमले आचारसंहिताबारे सबै प्रदेशमा सन्देशमूलक कार्यक्रम हालै सकेको थियो ।पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ ।

काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनलाई अन्तिम रूप दिइ वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो ।नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् ।

पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३६ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।त्यस्तै आ.व. २०७/०७७ को वर्गीकरणको लागि आवेदन दिने ७ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, आ.व. २०७६÷०७७ मा घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् ।पत्रकार आचारसंहिता पालना नगर्ने ४५ पत्रपत्रिका हुबहुमा परेका छन् ।नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय भएको छ ।

पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लंघनका घट्नाहरु बढिरहेको पाइएको छ ।सञ्चारमाध्यमहरुले गैरजिम्मेवार भई विभिन्न समाचार सम्प्रेषण गर्ने, हुबहु कपी गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोसम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।

यसतर्फ गम्भीर भई स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नारा स्मरण गर्दै आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह समेत गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports