kumari
stcnepal

अनेरास्ववियुले निर्वाचनको मिति तोक्न गरायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति यथासिघ्र तोक्न सरकारलाई आज ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली बिहीबार निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार प्रधानमन्त्री निवास पुगेर ध्यानाकर्षण गराएको हो ।

स्थानीय चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र लिएर गएको अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलयका उपसचिव जनकराज भट्टमार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थिए ।

स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै अनेरास्ववियुले केही दिनदेखि देशव्यापी खबरदारीका कार्यक्रम गरिरहेको छ । सो कार्यक्रम निर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने अनेरास्ववियुले जनाएको छ ।

footer