विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अनेरास्ववियुले निर्वाचनको मिति तोक्न गरायो सरकारलाई ध्यानाकर्षण

637
shares

काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति यथासिघ्र तोक्न सरकारलाई आज ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली बिहीबार निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार प्रधानमन्त्री निवास पुगेर ध्यानाकर्षण गराएको हो ।

स्थानीय चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र लिएर गएको अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलयका उपसचिव जनकराज भट्टमार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थिए ।

स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै अनेरास्ववियुले केही दिनदेखि देशव्यापी खबरदारीका कार्यक्रम गरिरहेको छ । सो कार्यक्रम निर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने अनेरास्ववियुले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports