kumari
stcnepal

राष्ट्र बैंकले दुई बिभाग गाभेर बनायो अर्को एक विभाग

गैरबैंकिङ वित्तीय संस्थाको सुपरिवेक्षणका लागि नेपाल राष्ट्र बैंकले नयाँ विभाग गठन गरेको छ । राष्ट्र बैंकको माघ १३ गते बसेको व्यवस्थापन समितिको बैठकले ‘गैरबैंक वित्तीय संस्था सुररिवेक्षण विभाग’ नामको नयाँ विभाग गठन गरेको हो ।

नयाँ गठन भएको विभागले आगामी फागुन १ गतेदेखि काम चाल्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशी विनिमय कारोबार गर्न अनुमति प्राप्त गरेको संस्थाहरु, हायर पर्चेज कारोबार गर्न अनुमति प्राप्त संस्थाहरु, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र राष्ट्रिय सहकारी बैंकको सुपरिवेक्षण गर्नेछ ।यसअघि विदेशी विनिमय कारोबार गर्ने कम्पनीको सुपरिवेक्षण विदेशी विनिमय व्यवस्थापन विभागले हेर्दै आएको थियो । विभाग अन्तर्गतको सो युनिटलाई नयाँ विभागमा स्थानान्तरण गरिएको छ । त्यस्तै, यसअघि लघुवित्त सुपरिवेक्षण विभागले हेर्दै आएको राष्ट्रिय सहकारी बैंकको सुपरिवेक्षण पनि यही संस्था अन्तर्गत राखिएको छ ।

नयाँ विभागका लागि राष्ट्र बैंकले एक जना निर्देशकसहित ७ जना कर्मचारीको जिम्मेवारी तोकिसकेको छ । विभागमा कार्यकारी निर्देशकको नेतृत्व रहने भए पनि हाल वीरेन्द्रदत्त अवस्थीको नेतृत्वमा ७ जनालाई सरुवा गरिएको हो ।

footer