तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकले दुई बिभाग गाभेर बनायो अर्को एक विभाग

481
shares

गैरबैंकिङ वित्तीय संस्थाको सुपरिवेक्षणका लागि नेपाल राष्ट्र बैंकले नयाँ विभाग गठन गरेको छ । राष्ट्र बैंकको माघ १३ गते बसेको व्यवस्थापन समितिको बैठकले ‘गैरबैंक वित्तीय संस्था सुररिवेक्षण विभाग’ नामको नयाँ विभाग गठन गरेको हो ।

नयाँ गठन भएको विभागले आगामी फागुन १ गतेदेखि काम चाल्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशी विनिमय कारोबार गर्न अनुमति प्राप्त गरेको संस्थाहरु, हायर पर्चेज कारोबार गर्न अनुमति प्राप्त संस्थाहरु, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र राष्ट्रिय सहकारी बैंकको सुपरिवेक्षण गर्नेछ ।यसअघि विदेशी विनिमय कारोबार गर्ने कम्पनीको सुपरिवेक्षण विदेशी विनिमय व्यवस्थापन विभागले हेर्दै आएको थियो । विभाग अन्तर्गतको सो युनिटलाई नयाँ विभागमा स्थानान्तरण गरिएको छ । त्यस्तै, यसअघि लघुवित्त सुपरिवेक्षण विभागले हेर्दै आएको राष्ट्रिय सहकारी बैंकको सुपरिवेक्षण पनि यही संस्था अन्तर्गत राखिएको छ ।

नयाँ विभागका लागि राष्ट्र बैंकले एक जना निर्देशकसहित ७ जना कर्मचारीको जिम्मेवारी तोकिसकेको छ । विभागमा कार्यकारी निर्देशकको नेतृत्व रहने भए पनि हाल वीरेन्द्रदत्त अवस्थीको नेतृत्वमा ७ जनालाई सरुवा गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports