kumari
stcnepal

उद्योग ,वाणिज्य तथा आपूर्ति वा रक्षा मन्त्री बन्दै सुजाता कोईराला

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ । स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।

  

दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ । त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले  बतायो ।
footer