kumari
stcnepal

लोकतन्त्र : लुटको धन फूपूको श्राद्ध

  • राजन कार्की

२०६३ साल बैशाख ११ गते जनआन्दोलनका सामु जब राजा झुके, त्यसलाई बसन्त परिवर्तन भनियो । जनताको रहरलाग्दो जनआन्दोलनको जा“गर र जनताको जीत भएको इर्षालाग्दो परिवर्तन । यही थियो लोकतन्त्र ।

यो परिवर्तनको १२ वर्षपछि इजरायली विद्वान नेपाल आए र जाने बेलामा अनुभव सुनाए– के छैन नेपालमा, सबै छ, पृथ्वीको स्वर्ग हो नेपाल । नेपाली नेतामा इच्छाशक्ति र इमान्दारिता नहु“दा नेपाल दुर्गतिको कारण बनेको रहेछ ।

पछिल्लो समय प्रधानमन्त्रीसहितका संवैधानिक प्रमुखहरुको निवास बालुवाटारको जग्गा माफियाकरण भएछ, खरिद गरेछन्, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले । सञ्चारमन्त्री सरकारका प्रवक्ता, उनले विष्णु पौडेल ठगिएछन्, उनलाई क्षतिपूर्ति दिनुपर्छ भनेर बिलापमात्र गरेनन्, सबैले सुन्नेगरी भाषण गरे । प्रधानमन्त्रीले महासचिवको दोष छैन भनेर आफै अदालत बनेर सफाई दिए । यति भइसकेपछि प्रधानमन्त्री अध्यक्ष रहेकै पार्टीका बरिष्ठ नेता भीम रावलले महासचिव मुछिएको बालुवाटार जग्गा प्रकरणमा छानबिन हुनुपर्छ भनेर मा“ग गरेका छन् ।

नेकपाका होनहार नेताहरु जसले शिक्षा, स्वास्थ्यमा लगानी गरेर मुनाफाखोर बनेका छन्, एनजीओ आइएनजीओमा बसेर समानान्तर सरकारमात्र होइन, राष्ट्र र जनता दोहन गरिरहेका छन्, तिनीहरु कम्युनिष्ट हुनै सक्दैनन् भनिरहेका छन् । तर, प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड नवसम्भ्रान्त, नवराजा बनेर माफियाकरणमा दङ्ग परेका दृश्यहरु एकपछि अर्को सार्वजनिक भइरहनुले नेकपा निरंकूशतातिर लागेको प्रमाण बनेको छ ।

३३ किलो सुन काण्ड होस् कि ४ अर्व ३५ करोड वाइडबडी जहाज खरिद प्रकरण होस्, ठूला करदातालाई कर माफिी होस् कि एनसेल काण्डमा नेता कर्मचारीको संलग्नता होस्, न्यायाधीश, राजदूत नियुक्तीदेखि कुनै पनि निर्णयमा सरकार नीतिगत र ठाडो भ्रष्टाचारमा चुर्लुम्मै डुब्दै गएको छ । यसकारण त बुद्धिजीवीहरु २०६३ सालको जनआन्दोलनको सफलताबाट प्राप्त बसन्त परिवर्तनमा ढुसी लागेको, खिया परेको, ढल बनेको, एकतामा फाटो हालेको, भेग–जाति, भाषाका आधारमा राष्ट्र बिखण्डनवादीलाई सघाएको, यो त स्वागत होइन, धिक्कार गणतन्त्र पो आएछ भन्न थालेका छन् ।

राष्ट्र एकीकरणको ठूलो उपलव्धि हासिल भएपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहका भाइले आफ्नो भाग राज्य मा“गेको प्रसङ्ग इतिहासमा छ । पृथ्वीनारायण शाहले राज्य अभिभाज्य हुन्छ, राज्य भाग लगाउने बस्तु होइन । जसले राज्य टुक्य्राउन खोज्छ, उसको गर्धन छिनाल्छु भन्ने जवाफ दिएपछि यो बिबादको अन्त्य भएको थियो ।

स्मरणरहोस्, स्पेनबाट सानो भूभाग क्याट्लोनिया टुक्य्राउन खोज्दा प्रधानमन्त्री म्यारिआनोले भाषा, भेष, जात वा भेगका आधारमा राज्य टुक्य्राउन खोज्ने राष्ट्रघाती हुन्छ, उसले क्षमा पाउ“दैन भन्ने घोषणा गरेका थिए । हाम्रा प्रधानमन्त्री नेकपाका अध्यक्ष ओली र प्रचण्ड सीमा अतिक्रमणमा बोल्दैनन्, १९५० को सन्धिका बारेमा पनि मौन छन् र विदेशीलाई नेपालको नागरिकता पञ्चदेवलको हण्डी बा“डेजसरी बा“डिरहेका छन् । मधेस अलग देश भन्नेस“ग घा“टी जोडेर, एक मधेस एक प्रदेश नभए एक नेपाल पनि रहन्न भन्नेस“ग मिलाप गरिरहेका छन् । मानौं, नेकपालाई सत्ता मफतमा मिलेको बिर्ता होस् ।

नेकपाले बिर्सेको सत्य के हो भने माओले त्यसै महेन्द्रलाई विश्वास गरेका थिएनन् । विश्वले त्यसै नेपालको असंलग्नताको सह्राहना गरेको थिएन । आज नेपालको व्यक्तित्व कोडीका भाउमा पुगिसक्यो, अमेरिकाले बोलाएर इण्डो प्यासिफिकको सेन्टरमा छ नेपाल भनेर दबाबमात्र दिएको छैन, केही नेतालाई १५ दिने तालिम र लोभमा फसाएर नेपालस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमा अन्तरक्रिया थालिसकेका छन् । यही सिलसिला चिनिया“ र भारतीय राजदूतले सियानलियाओ र मनकी बात भनेर सुरु गरे भने नेपालको हालत कहा“ पुग्ला ? परराष्ट्र छ, यो सब तमासा हेरिरहेको छ । गरिमा र महिमा, मर्यादा र अनुशासन केही नरहने भयो । दोष हाम्रो सोचमा छ, शासन र क्षमतामा छ ।

कार्लमाक्र्सले किन भीमसेन थापाको नाम लिएका थिए ? यो जान्न डा.केशरजंग रायमाझीको पुस्तक पढ्नुपर्छ । पृथ्वीनारायण शाहको विदेशनीति, आन्तरिक नीति र आत्मनिर्भरता सहितको स्वाभिमान नीतिबारे माक्र्सको अर्थशास्त्रमा देख्नेहरु कति छन् कति ? आज मदन भण्डारी सम्झने र जबज नीतिमा हिडेको एमाले नेकपाको का“चुलीमा प्रवेश गर्नासाथ बिर्सेको छ । जबजको पहिलो नीति थियो– अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरिनेछ । त्यही नेकपाले मिडिया काउन्सिल बिधेयक ल्याएर पत्रकारलाई जेल हाल्ने र दण्डदिने नीति अख्तियार गर्दैछ ।

भर्खर आर्थिक कुटनीतिक योजना तैयार गरेको नेकपाको सरकारले भारत र चीनलाई प्राथमिकतामा राख्ने, वैदेशिक रोजगारीलाई प्राथमिकता दिने, हलिउडका सेलिब्रिटी र बेलायती राजपरिवारलाई भ्रमण गराउने उल्लेख गरेछ । नेपालको अर्थतन्त्र भनेको माटो, पानी, हिमाल, नदीनाला, उत्पादन–उन्नति हो भन्ने नै बिर्सेछ । कुनै पनि संवैधानिक निकायले काम गरिरहेको छैन, सरकारमा सक्षमता र कर्मशीलता नभएपछि यसैगरी भताभुङ्ग चाला देखिने हो, देखिएको छ ।

सडकबाट २० वर्षे गाडी हटेनन्, सिण्डिकेट जस्ताको तस्तै छ, ठूलाले कर नतिर्ने परिपाटी झन बलियो बनेको छ, अव त सुमार्गीले समेत कर तिर्दिन भनेका छन् । अदालतले लगानीका लागि भित्र्याएको आफैले पठाएको कालोधन फिर्ता गर्न दिएको आदेश राष्ट्र बैंकले पालना गराउन सकेन । सरकार छ भने कहा“ छ ? संविधान कार्यान्वयन भएको यही हो ?

योजना नभएको योजनाकार, बिचार र अवधारणा नभएको नेता, मिलोमतो प्रशासन, निष्ठा र अनैतिक नेतृत्वको पछि लागेको मुलुकको दुर्गतिमात्र हुन्छ । प्रगतिका लागि साहसी, राष्ट्रप्रति जस्तोसुकै त्याग गर्नसक्ने आ“ट भएको, अक्किल निकाल्न सक्ने हिक्मत चाहिन्छ । जनआन्दोलनले गणतन्त्रको चस्का ल्यायो, गणतन्त्र चलाउन सक्ने हिक्मतवाला कोही पनि देखिएनन् । परिवर्तन त भयो, देश भ्रष्टाचारी पापको पोखरी पो बन्न पुग्यो ।

जनतालाई झुक्याउनकै लागि राजधानीलाई सिंगापुर बनाउने कुरा कांग्रेसले ०४७ सालमै गरेको हो । कांग्रेसले राजधानीलाई दिनको ३ पल्ट धोइदिने धक्कु पनि लगाएको थियो । जनताले पूर्ण बहुमत दिए । त्यसपछि १२ वर्षसम्म कूशासन चलायो । यो कांग्रेसलाई कम्युनिष्टले यसरी धुस्नु बनाएर दुरुपयोग गरिदियो कि आज कांग्रेस सडकमा छ, कम्युनिष्ट सरकारमा ।

जब जब पापाचार बढ्छ, श्रीकृष्णको उदय हुन्छ । अन्धा धृतराष्ट्रको खुनी अ“गालोबाट बचाउन श्रीकृष्णकै चलाखीले बचाएको महाभारत पढेका नेपाली आज ्धृतराष्ट्ररुपी शासनको अन्त्यका लागि कुनै श्रीकृष्णावतारको प्रतिक्षामा छन् । यतिबेला जुन प्रकारको जंगलीतन्त्र चलिरहेको छ, जनताप्रति जवाफदेहीताको अन्त्य गरिएको छ र संवैधानिक स्वतन्त्रतासमेत अपहरणमा परेको छ, यसको अन्त्य कुनै राजनेताको अवतरण नभएसम्म सम्भव छैन । सलाम गर्न लायक नेताको खडेरीले देशलाई दशा सागरमा हेलिदिएको छ ।

राष्ट्र खिइ“दो छ, नेताहरु खाइलाग्दा देखिदैछन् । राष्ट्र चुसेर डकार्नेहरु राजनेता मै हु“ भन्ने दम्भ देखाइरहेका छन् । यथार्थमा दुर्योधन चरित्र भनेको यही अहंकार हो । राष्ट्र जुरुक्कै उचाल्ने नेता खोजेको, भ्रष्टाचार र अनैतिकतापो बोकेर सुइ“कुच्चा ठोकेका छन् । वर्तमान नेपालके सत्य यही हो ।

फोहरको गन्धमा रुमलिएका किराको आफ्नै संसार हुन्छ । उसलाई स्वर्ग र अमरत्व भनेको फोहर मात्रै हो । उसले जनताको, सभ्यताको, शिष्टताको, शालीनताको सम्मान गर्न नसक्नुको पीडा देशले भोगिरहेको छ ।

भारतकै कुरा गरौं– गान्धीले भारतलाई स्वतन्त्रता दिलाए । चाहेको भए उनी अकंटक राज्य गर्न सक्थे । उनी कहिले पनि सत्तामा उक्लेनन्, चर्खा च्यापेर खादी आदर्श स्थापित गरे । लण्डनमा सिएको लुगा पेरिसमा धोएर लगाउने सामन्त नेहरु सत्तामा पुगेपछि उनले आफ्नो आनन्द भवन नै राज्यलाई सुम्पिदिए । त्यही भारतमा लालबहादुर शास्त्री पनि सत्तामा पुगे । आज पनि भन्ने गरिन्छ, त्यागका नाम महात्मा गान्धी, दानका नाम लालबहादुर शास्त्री ।

फुटपाथे नेताहरु आज अर्व, खर्बका मालिक बनेका छन् । राजनीति पसल बनेको छ, नेता पसले । व्यापारीलाई नाफाकै चिन्ता हुन्छ । यहीकारण नेपाली नेतामा राष्ट्र उठाउने, राष्ट्र चिनाउने, राष्ट्र बनाउने राष्ट्रिय भावना, त्याग र प्रतिबध्दता पटक्कै छैन । यिनीहरुलई पोष्टमार्टम गर्ने हो भने यिनको आन्द्राभु“डीबाट भ्रष्टाचार र नैतिकहीनता, जनघात र राष्ट्रघात मात्र भेटिने छ ।

भनिन्छ, व्यापारीको न देश हुन्छ, न जिम्मेवारी । व्यापारीको धर्म मुनाफा हेर्नु हो । जो निष्ठा नै जान्दैन, उसले के नया“ नेपाल बनाउ“छ ? लाटाको देशमा गा“डो तन्नेरी ? संघीय गणतन्त्र नेपाल जनतामारा, देशघातक व्यवस्था बन्दैछ । प्रधानमन्त्रीले धादिङ पुगेर भाषण गरे– एउटा देशमा एउथटा सरकार एउटै हुन्छ । सिंहदरवार गाउ“ गाउ“ पुग्यो भनेर ७६१ सरकारको परिकल्पना अहिले आएर अनावश्यक भार र गलगा“ड बन्नपुगेको छ ।

हामीले खोजेको प्रत्येक नेताको आ“खामा राष्ट्रको झण्डा होस्, हरेक नेताको छातीमा राष्ट्रको धुकधुकी चलोस्, नेपाली नेता भन्नासाथ देशभक्तिको झलक मिलोस्, प्रत्येक जनताको मुहारमा देशको टलक देखियोस् ।

यी सब सपना सपना नै रहे । राजनीतिले शासन, प्रशासनलाई भ्रष्टाचारको भाङ् पिलाएर कूशासनको महामारी चलाइरहेको छ । लोकतन्त्र ः लुटको धन फूपूको श्राद्ध बन्यो ।

जनता देवता हुन्, जनप्रतिनिधि दुर्योधन बनेका छन् । देवता र दुर्योधनको द्वन्द्व चर्किएको छ । नतिजा समयलाई थाहा छ । समयले भन्ला– नेपालको भाग्य र भविष्यमाथिको दुर्योधन चरित्रले निम्त्याएको युद्धको परिणाम के हुन्छ ?

footer