kumari
stcnepal

एमालेले उधोग विभागमा थप्यो आठ जनालाई

नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ सदस्य थपिएका छन् । नेकपा एमाले सचिवालय बैठकले ८ जना सदस्य टुंगो लगाएको हो । सो बिभागमा केन्द्रीय सदस्य मोतीलाल दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपप्रमुख यसअघि नै टुंगो लागिसकेको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीकाअनुसार सदस्यहरुमा पाल्देन छेपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डीबी बस्नेत, मदनलाल अग्रवाल, शोभा गुरुङ र लता प्याकुरेललाई थप गरिएको छ। एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले नै केन्द्रीय सदस्य दुगडलाई प्रमुख र केन्द्रीय सदस्य प्रसाईंलाई उपप्रमुख बनाएको थियो ।

दुगड एमाले सांसद तथा पूर्वमन्त्री हुनुहुन्छ भने झापाका मेडिकल व्यवसायी प्रसाईं पार्टी एकताबाट एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।

footer