विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले उधोग विभागमा थप्यो आठ जनालाई

962
shares

नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ सदस्य थपिएका छन् । नेकपा एमाले सचिवालय बैठकले ८ जना सदस्य टुंगो लगाएको हो । सो बिभागमा केन्द्रीय सदस्य मोतीलाल दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपप्रमुख यसअघि नै टुंगो लागिसकेको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीकाअनुसार सदस्यहरुमा पाल्देन छेपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डीबी बस्नेत, मदनलाल अग्रवाल, शोभा गुरुङ र लता प्याकुरेललाई थप गरिएको छ। एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले नै केन्द्रीय सदस्य दुगडलाई प्रमुख र केन्द्रीय सदस्य प्रसाईंलाई उपप्रमुख बनाएको थियो ।

दुगड एमाले सांसद तथा पूर्वमन्त्री हुनुहुन्छ भने झापाका मेडिकल व्यवसायी प्रसाईं पार्टी एकताबाट एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports