kumari
stcnepal

२५२६ कोरोना संक्रमित थपिए, ८४२५ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ७३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ६६५५ पिसिआर परीक्षणबाट १६०२ र ४४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा ८४२५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ५६ हजार ४५७ जना कोरोनाका सक्रिय संक्रमित छन्।यस्तै काठमाडौं उपत्यकामा ७४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संंक्रमित थपिएका हुन्।
footer