kumari
stcnepal

दुई पत्रकार कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

प्रेस चौतारी नेपाल मोरङले स्थापना दिवसको अवसर पारेर २ पत्रकारलाई सम्मानित गरेको छ।पत्रकार नेत्र अधिकारी र घनश्याम भण्डारीलाई स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले नगद ११ हजार १०० रुपैयाँसहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर पत्रकार द्वयलाई सम्मान गरेका छन् ।

स्थापना दिवसलाई सम्बोधन गर्दै नेता ढकालले सरकारले स्थानीय तहको चुनाव टार्न खोजिरहेको आरोप लगाए । उनले पत्रकारलाई कलमको माध्यमबाट स्थानीय तह चुनावको मिति घोषणा नगर्ने सरकारको रणनीतिको विरोध गर्न आग्रह गरे ।

footer