मोरङमा २ जना र ललितपुरमा एक जनाको हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय मोरङले थप २ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । उनीहरुले कारोबार रकममा कमिसनको खेलमा आफ्ना साझोदारको हत्या गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ ।