kumari
stcnepal

प्रधानमन्त्री, केपी ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवा ४ बजेबाट देउवा, ओली र प्रचण्डबीच सुरु भएको हो । बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार स्थानीय तहको निर्वाचन र एमसीसीका विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डसँग छलफलपछि सोमबारको मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ । यस्तै एमसीसीका विषयमा सत्ता गठबन्धनमै मतभेद देखिएपछि राष्ट्रिय सहमतिका लागि प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल अगाडि बढाइएको देखिन्छ ।
footer