kumari
stcnepal

साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आईपुग्यो

कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

बेलायत सरकारले २१ लाख ७४ हजार १६० डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने जनाएको थियो । बाँकी रहेको १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ मा आउने कार्यतालिका रहेको उनको भनाइ छ ।

यसअघि कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४ सय मात्रा र इटालीले ६ लाख ३३ हजार ६ सय मात्रा एस्ट्राजेनेका खोप नेपाल पठाएको थियो ।

footer