kumari
stcnepal

अवैतनिक बाणिज्य दूतहरूलाई निलो प्लेट, झण्डाको सुविधा नदिन सरकार लाई समितिको निर्देशन

संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्य दूतहरुलाई सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्ने सुविधा नदिन सरकारलाई निर्देशन दिएको छ ।

विगतमा समितिसंगको परामर्शमै सरकारले यो सुविधा हटाएको भएपनि बर्तमान सरकारका परराष्ट्रमन्त्रीले फेरि निर्णय उल्टाएको भन्दै समितिले सुविधामा रोक लगाउन निर्देशन दिएको हो ।  नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवालले कूटनीतिक विशेषाधिकारका रुपमा प्रयोग गरेको सवारी कालोबजारीमा प्रयोग गरेको भेटिएपछि सरकारले दुई वर्षअघि यो सुविधा खारेज गरेको थियो ।

Machhapuchchhre Bank ad

तर नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले मन्त्रीस्तरीय निर्णय गरी अवैतनिक वाणिज्य दूतको सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्न दिने सुविधा दिए । यो सुविधा ब्यूँताउँदा  सरकारले कुनै परामर्श नगरेको भन्दै बैठकले अवैतनिक वाणिज्य दूतको सवारी साधानमा निलो नम्बर प्लेट र झण्डा राख्न नदिन निर्देशन दिएको  समिति सभापति पार्वती निरौला खरेलले बताइन् ।

समितिले निलो नम्बर प्लेट र झण्डाको प्रयोगसम्बन्धी मापदण्ड बनाएर छिटो समितिलाई पठाउन पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

footer