विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अवैतनिक बाणिज्य दूतहरूलाई निलो प्लेट, झण्डाको सुविधा नदिन सरकार लाई समितिको निर्देशन

702
shares

संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्य दूतहरुलाई सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्ने सुविधा नदिन सरकारलाई निर्देशन दिएको छ ।

विगतमा समितिसंगको परामर्शमै सरकारले यो सुविधा हटाएको भएपनि बर्तमान सरकारका परराष्ट्रमन्त्रीले फेरि निर्णय उल्टाएको भन्दै समितिले सुविधामा रोक लगाउन निर्देशन दिएको हो ।  नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवालले कूटनीतिक विशेषाधिकारका रुपमा प्रयोग गरेको सवारी कालोबजारीमा प्रयोग गरेको भेटिएपछि सरकारले दुई वर्षअघि यो सुविधा खारेज गरेको थियो ।

Machhapuchchhre Bank ad

तर नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले मन्त्रीस्तरीय निर्णय गरी अवैतनिक वाणिज्य दूतको सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्न दिने सुविधा दिए । यो सुविधा ब्यूँताउँदा  सरकारले कुनै परामर्श नगरेको भन्दै बैठकले अवैतनिक वाणिज्य दूतको सवारी साधानमा निलो नम्बर प्लेट र झण्डा राख्न नदिन निर्देशन दिएको  समिति सभापति पार्वती निरौला खरेलले बताइन् ।

समितिले निलो नम्बर प्लेट र झण्डाको प्रयोगसम्बन्धी मापदण्ड बनाएर छिटो समितिलाई पठाउन पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports