kumari
stcnepal

प्रतिनिधि सभाको बैठक फेरी स्थगित, फागुन २ का लागि बोलाईयो

सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ। एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ ।
footer